NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राष्ट्रपतिलाई प्रचण्डको सुझाव : नागरिकता विधेयकमा प्रमाणित नगरे राजीनामा दिनोस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिन सुझाएका छन् ।

माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले शुक्रबार पाेखरामा गरेको कार्यक्रममा उनले दुवै सदनले पारित गरेको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको बताए ।

‘मलाई विश्वास छ, उहाँले नागरिकता विधेयक प्रमाणित गर्नुहुन्छ’, उनले भने, ‘यदि प्रमाणित गर्नुभएन भने उहाँ विरुद्ध अदालतमा मुद्दा लाग्न सक्छ। नभए उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’

राष्ट्रपतिले ओली सरकार हुँदा एउटा व्यवहार र ओलीबाहेको सरकार हुँदा अर्को व्यवहार गरेको उनले आरोप लगाए ।