NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नबिल र युनिलिभरबीच च्यानल फाइनासिङ लागि सम्झौता

काठमाडौं  । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनासिङ (Channel Financing)  सुविधाका लागि सहकार्य भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना युनिलिभरका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सो सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर कार्यक्रममा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थिति थियो । सम्झौता हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट कर्जा उपभोग गर्न पाउने छन् । का प्रमुख आर्कषण अन्तर्गतले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस एमई कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपाल लिमिटेडसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ – सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।

ताजा अपडेट

नेपालवाच विशेष