NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

खाने तेलको आयातमा लाग्ने भन्सार शुल्क घट्यो, तेलको मूल्य ७ प्रतिशतसम्म सस्तो हुने

काठमाडाैं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै नेपालमा पनि ४० प्रतिशससम्म घटिसकेको छ ।

सरकारले दशैँ तिहारको मुखमा तेलको मूल्य घटाउने भएपछि उपभोक्तालाइ थप राहत हुने भएको छ । सरकारले भन्सार महसुल घटाउने निर्णय गरेसँगै अब खाने तेलको मूल्य कम्तिमा पनि ७ प्रतिशतले घट्ने भएको हो ।

चालु आर्थिक वर्षको लागि बजेटमार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको जनाइएको छ । अर्थमन्त्रालयले करका दरहरु राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ ।

जसअन्तर्गत कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११.१०.०० को कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट गरेको छ । त्यस्तै भटमासको तेल, पाम तेल र कच्चा सूर्यमुखी तेलको आयात गर्दा मूल्यको १० प्रतिशत भन्सार महसुल लाग्ने गरेकोमा अब मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने भएको छ ।

सूर्यमुखीको गेडा आयातमा यसभन्दा अघि ५० प्रतिशत भन्सार महशसल लाग्ने गरेकोमा अब ९० प्रतिशतसम्म छुट हुने भएको छ । त्यस्तै भटमासको गेडा आयातमा पनि ९० प्रतिशत छुट,तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा भन्सार महसुल ९० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा अबदेखि मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने भएको छ ।