NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सन्दीपलाई राख्यो अध्यागमन विभागले कालोसूचीमा

काठमाडौं । एक १७ वर्षीय किशोरीलाई बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी विभागले कालोसूचीमा राखेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सन्दीप विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनेको हो ।

क्यारेबियन क्षेत्रमा रहेका रहेका सन्दीप जतिबेला ‘अलर्ट’ गरिएको बताइएको छ ।