निहारिका प्रकरण : काठमाडौं आएर शिवराजले दिए डिएनए परीक्षणका लागि नमुना
काठमाडौं । निहारिका राजपुत (सोनालीकुमारी सिंह) प्रकरणमा मुछिएका शिवराज श्रेष्ठ डिएनए परीक्षण गर्न काठमाडौं आएका छन् ।
निहारिकाले आफूबाट जन्मिएको बच्चाको बाबु शिवराज भएको दाबी गरेपछि धनुषबाट काठमाडौं आएर उनले डिएनए परीक्षण गराएका हुन् ।
शिवराजले आइतबार राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डिएनएका लागि रगतको नमुना दिएको बताइएको छ ।
शिवराजले बलात्कार गरेपछि छोरा जन्मिएको आरोप लगाउँदै निहारिकाले मुद्दा हालेकी थिइन् । तर, अदालतले भने सफाइ दिएको थियो । त्यसपछि डिएनए परीक्षण हुनुपर्ने माग गर्दै निहारिका काठमाडौं आएर अनसन बसेकी थिइन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया