NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

निहारिका प्रकरण : काठमाडौं आएर शिवराजले दिए डिएनए परीक्षणका लागि नमुना

काठमाडौं । निहारिका राजपुत (सोनालीकुमारी सिंह) प्रकरणमा मुछिएका शिवराज श्रेष्ठ डिएनए परीक्षण गर्न काठमाडौं आएका छन् ।

निहारिकाले आफूबाट जन्मिएको बच्चाको बाबु शिवराज भएको दाबी गरेपछि धनुषबाट काठमाडौं आएर उनले डिएनए परीक्षण गराएका हुन् ।

शिवराजले आइतबार राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डिएनएका लागि रगतको नमुना दिएको बताइएको छ ।

शिवराजले बलात्कार गरेपछि छोरा जन्मिएको आरोप लगाउँदै निहारिकाले मुद्दा हालेकी थिइन् । तर, अदालतले भने सफाइ दिएको थियो । त्यसपछि डिएनए परीक्षण हुनुपर्ने माग गर्दै निहारिका काठमाडौं आएर अनसन बसेकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष