NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सन्दीप प्रकरणबारे बोलिन् रिमा

काठमाडौं । अभिनेत्री, मोडल तथा एंकर रिमा विश्वकर्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने प्रकरणबारे बोलेकी छिन् ।

आरोप लगाएकै भरमा सन्दीपलाई दोषी जसरी राज्यले कालोसूचीमा राखेकोमा रिमाले आपत्ति जनाएकी छिन् ।

‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुनबमोजिम सजाय पाउनु पर्छ । अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हँुदैन,’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्, ‘तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

क्रिकेटर सन्दीपलाई एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै काठमाडौं प्रहरीमा मुद्दा दर्ता गरेकी छिन् ।