NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चोलेन्द्रले ‘अमर्यादित’ बयान दिएको भन्दै पूर्वन्यायाधीश फोरमको आपत्ति

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयानप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरूप्रति लगाएको आरोप पुष्टि गर्न राणालाई चुनौती दिएका छन् ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले निलम्बित प्रधानन्यायाधीश राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको पत्रकार सम्मेलनमा दाबी गरे ।

राणाले बयानका क्रममा आफूहरूप्रति अमर्यादित शब्द प्रयोग भएको भन्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएका सिंहले बताए ।

राणाले बयानका क्रममा पूर्वन्यायाधीशहरूलाई विभिन्न आरोप लगाएका थिए । त्यसपछि महाअभियोग सिफारिस समितिले उनीहरूलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ ।

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले राजनीतिक दलका विभिन्न नेताहरूको समेत पोल खोलेका थिए ।