NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल टि–ट्वान्टी लिग सर्न सक्ने

काठमाडौं । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगको सर्ने सम्भावना बढेको छ ।

उक्त लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका छ ।

विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका काममा ढिलाई हुँदा प्रतियोगिताको मिति सार्ने अवस्था आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतियोगिताका लागि शनिबार र आइतबार खेलाडी ड्राफ्ट भएको थियो ।

पहिलो संस्करणमा ६ टोलीको सहभागिता जनाउने छन् । जसमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले खेल्नेछन् ।