NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

करिश्मा एमालेको विभाग सदस्यमा मनोनित

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् । गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टी प्रवेश गराएका थिए ।

एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले संस्कृति विभाग सदस्यको जिम्मेवारी दिएको हो । पार्टी प्रवेश पछि उनी एमालेका गतिविधि र कार्यक्रमहरूमा सक्रिय छिन् ।