NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अर्जेन्टिनी टोलीमा नयाँ अनुहारलाई अवसर, यी चारजना भने अटेनन् (खेलाडीको सूचीसहित)

काठमाडौं । प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप तयारीका लागि खेलिन लागेका दुई मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् ।

यसै सेप्टेम्बर २३ मा होण्डुरस र २७ मा जमैकासँग अमेरिकामा हुन लागेका दुई खेलका लागि उनले हालैमात्र २८ सदस्यीय टोली घोषणा गरेका हुन् ।

स्कालोनीले पोर्चुगिज क्लब बेन्फिकाका इनो फर्नान्डेज र अमेरिकी क्लब अट्लान्टा युनाइडेडबाट खेल्ने थियागो अल्माडालाई जस्ता केही नयाँ युवा खेलाडीलाई टोलीमा समेटेका छन् । यी दुवै २१ वर्षीय युवा मिडफिल्डरले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

यद्यपि, स्कालोनीले जुवान मुस्सो, लुकास मार्टिनज क्वार्टा, इक्जेक्वियल पालासियस र निकोलसजस्ता नाम चलेका खेलाडीलाई भने टोलीमा राखेका छैनन् ।

तर, स्कालोनीले कप्तान लियोनल मेसीसहित एंगेल डी मारिया, लाउटारो मार्टिनेज र पावलो डिाबालाजस्ता स्टार खेलाडी भने टोलीमा राखेका छन् । यसअघि, डिबाला टोलीमा नपर्ने अनुमान गरिएको थियो । तर, पछिल्लो समयमा उनले क्लबमा गरेको सुधारिएको प्रदर्शनका आधारमा टोलीमा समेटिएको बताइएको छ ।

यस्तो छ अर्जेन्टिनी टोली :

Franco Armani (River Plate)
Emiliano Martínez (Aston Villa)
Gerónimo Rulli (Villarreal)
Gonzalo Montiel (Sevilla)
Nahuel Molina (Udinese)
Germán Pezzella (Real Betis)
Cristian Romero (Tottenham Hotspur)
Nehuén Pérez (Udinese)

Lisandro Martínez (Manchester United)
Nicolás Otamendi (Benfica)
Marcos Acuña (Sevilla)
Facundo Medina (Lens)
Nicolás Tagliafico (Lyon)
Leandro Paredes (Juventus)
Guido Rodríguez (Real Betis)
Enzo Fernández (Benfica)
Alexis Mac Allister (Brighton)
Rodrigo De Paul (Atletico Madrid)

Giovani Lo Celso (Villarreal)
Alejandro Papu Gómez (Sevilla)
Thiago Almada (Atlanta United)
Paulo Dybala (AS Roma)
Ángel Di María (Juventus)
Lionel Messi (Paris Saint-Germain)
Julián Álvarez (Manchester City)
Joaquín Correa (Inter)
Ángel Correa (Atletico Madrid)
Lautaro Martínez (Inter)