NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

इटालीमा आएको आँधीमा परी सातको मृत्यु

काठमाडाैं । मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको संख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय  सञ्चार माध्यमलाई पुष्टि गरेको छ । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका  विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन् ।