NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

थप ७४ जनामा संक्रमण पुष्टि, १६० संक्रमणमुक्त

काठमाडौं । गत २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । गएको २४ घण्टाको अवधिमा १६० जना कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १ हजार ६१९ पुगेको छ ।