NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बैंकहरुले दोर्‍याएर सार्वजनिक गर्न थाले ब्याजदर

काठमाडाैं । असोज महिनाको लागि सार्वजनिक गरेको ब्याजरमा बैंकहरुले पुन:दोर्‍याएर सार्वजनिक गर्न थालेथालेका छन् । केही बैंकहरुले ब्यजादर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुसरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका हुन् ।

प्रभु, हिमालयन, मेगा, लक्ष्मी, सिभिल, स्ट्यान्डर्ड चाटर्डलगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

गत भदौ ३१ धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केहि बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए । जसअनुसार केही बैंकले १२.१३३ प्रतिशतश ब्याजदर कायम गरेका थिए ।

अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव छ । यस्तो परिस्थितिमा बैंकहरूले निक्षेप आफ्नो बैंकमा तान्न यस्तो  गरेका हुन् भन्ने बुझ्न सकिन्छ ।

बचतमा बैंकहरूले १५ प्रतिशतसम्म ब्याज दिने, कुन बैंकको कति ?