NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौं । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । राजुलाई केही दिनअघि ब्रेन डेड घोषणा गरिएको थियो ।

५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु अगस्ट १० देखि अस्पतालमा भर्ना भएका थिए ।  उपाचरको क्रममा उनको आज मृत्यु भएको हो ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जुको पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’को रिमेकमा समेत अभिनय गरेका छन् ।