NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ताेलामा ५०० घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार ४०० रुपेयाँले घटेको सुन बुधबार ५०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन तोलामा ९१ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम छ । मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।