NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘नाडा इभी चौतारी’ को आयोजना हुँदै

काठमाडाैं । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल’ ले पहिलोपटक इलेक्ट्रिक गाडी तथा टू -ह्विलर ‘नाडा इभी एक्स्पो’ आयोजना गर्दैछ । उक्त एक्सपो असोज ६ गते (भोलिदेखि) ९ गतेसम्म भृकुटीमण्डप प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।

नाडाले एक्सपो चलिरहेको समयमा नै ‘नाडा इभी चौतारी’ सेमिनार पनि सञ्चालन गर्न लागेको जनाइएको छ । उक्त सेमिनार भोलि दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहकार्यमा नाडा चौतारी सेमिनार सञ्चालन गर्न लागेको नाडाले जनाएको छ ।

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ ।

कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।