NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बरुण इन्भेष्टमेन्टले १५ करोडको आइपिओ जारी गर्दै

काठमाडाैं । बरुण इन्भेष्टमेन्टले १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषलाई समेत गरी उक्त परिमाणको आइपिओ जारी गर्ने भएको हो ।

कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन ।