NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अदालतविरुद्ध फेरि खनिए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह अदालतविरुद्ध फेरि खनिएका छन् ।

टुकुचा खोला उत्खनन् भइरहेको वेला त्यसलाई रोक्दै ललितपुर जिल्ला अदालतले अन्तरिम आदेश दिएको विषयलाई लिएर उनी अदालतको कदमविरुद्ध फेरि असन्तुष्ट बनेका हुन् ।

‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’, उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

नर्भिक अस्पतालको अवैध संरचना हटाउन खोज्दा यसअघि पनि सर्वोच्च अदालतले रोकेको थियो । त्यसपछि उनले अदालतको कदमविरुद्ध बोलेका थिए ।

त्यसपछि सर्वोच्चले मेयर शाहलाई स्पष्टीकरण मागेको थियो । उनले त्यसको जवाफ दिएका थिए ।