NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दिमाग नभएका अहंकारी गठबन्धनले राष्ट्रपतिको मजाक उडाए : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारलाई दिमाग नभएका अहंकारी भएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले अहंकारीको भाषा नबोल्न चेतावनी दिए ।

‘सडकमा अनाडि मान्छेको झुण्ड बटुलेर राष्ट्रपतिलाई मजाक बनाइरहेका छन् । नियम, कानुन होइन गठबन्धनले मशल्र्सको भाषा प्रयोग गरेका छन्’, ओलीले भने, ‘गठबन्धनल सरकारले संविधानका धारा ८१ अहिलेसम्म पढेका छैनन् । सरकारले राष्ट्रपतिसँग अनुमति मागेर मात्र काम गर्नुपर्छ । तर खुपडिमा दिमाग छैन जस्तो लाग्छ । मर्शल्सको भाषा प्रयोग गर्ने हो भने मंसिर ४ पछि नेपाली जनताले गठबन्धनलाई देखाइदिने छन् ।’

एमाले बाहिर एउटा र भित्र अर्को कुरा गर्ने घटुवा पार्टी नभएको जिकिर गरे । उनले नागरिकताको सम्बन्धमा विदेशीले नेपाली नागरिकताको प्रमाणपत्र नसक्ने बताए । नेपाली नागरिककले नागरिकता पाउनु पर्छ भनेर मेरो नेतृत्वको सकराले ल्याए पनि गठबन्धनमा रहेका तत्वहरूले ल्यउन नदिएको आरोप लगाए ।

‘यी नै तत्वहरू जो अहिले सरकारमा छन्, उनीहरूले अदालतमा मुद्दा हालीहाली नागरिकता विधेयक ल्याउन दिएनन्’, उनले भने ।
गठबन्धनले अहंकारी र दम्भको भाषा प्रयोग गर्न नरोके एमाले चुप लागेर नबस्ने ओलीले चेतावनी दिए ।