NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चोलेन्द्रलाई सरकारले गैरकानुनी रूपमा नजरबन्द गर्याे : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई गैरकानुनी रूपमा नजबन्दमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई बिहीबार केन्द्रीय कार्यलय च्यासलमा सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश जस्ता व्यक्तिमाथि सरकारले बल प्रयोग गरेको उनले आरोप लगाए ।

‘प्रधानन्यायाधीशमाथि राज्य आतंक भएको छ । नियम, कानुन विपरित उहाँलालई नजरबन्दमा राखिएको छ । परिवारको सदस्यलाई बाहिर जान दिइएको छैन । सरकारको दिमागले काम गर्न छोड्यो कि के हो ? प्रजातान्त्रिक मुलुकमा कहिँ यस्तो आतंक हुन्छ ?’, उनले प्रश्न गरे, ‘यस्तो आतंकत पञ्चायत कालमा पनि भएको थिएन । राणा कस्ता हुन म त्यता जान चाहन्न । तर सबैको लागि कानुन एउटै होला नि ? गृहमन्त्रीको हुकुमी चल्ने गृहमन्त्रीको घर हो देश ?’

सरकारप्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएका ओली राज्य आतंक बन्द गर्न चेतावनी दिए । अहिले राणामाथि भयो भन्दैमा ढुक्क हुने अवस्था नभएकोप्रति उनले सबैलाई सजग गराए ।