NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘बोट’को नयाँ उपकरण अब नेपाली बजारमा

काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर एक वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड) ‘बोट’ चाडै नेपाली बजारमा ल्याउने जनाएको छ । कम्पनीले बोटअन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको हो ।

नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको उल्लेख गरेको छ । स्क्वायर डायल भएको Wave Pro 47, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ ।

यसको नवीनतम boAt ASAP चार्ज टेक्नोलोजीको सात दिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्दछ । Wave Pro 47 मा भएको ] IP67 ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध Wave Pro 47 को मूल्य ६ हजार ४९९ रुपैयाँ रहेको छ ।

कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको दयब्त ह्तभलम क्उयचत स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ। यसमा १००+ फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । ह्तभलम क्उयचत नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रूपैैयाँ मूल्यमा उपलब्ध छ ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड– Rockerz 330Rockerz 255 Pro Plus पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै दयब्त सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्द छन् । बजारमा यसको मूल्य रु. ३ हजार ३९९रूपैयाँदेखि ३ हजार ४९९रूपैयाँ रहेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जालानले भने, ‘विगत केही महिना देखि हामीले हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई बोटको स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ । हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले बोटको उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउने कम्पनीले जनाएका छन् ।