NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जसले दीपिकादेखि आलियालाई सारी लगाइदिएरै कमाउँछिन् दुई लाख

एजेन्सी । सारी लगाइदिने पनि कुनै काम हो ? सबैलाई यही लाग्न सक्छ । भारतकी डली जैन भने बलिउड सेलिब्रेटीहरूलाई सारी लगाइदएरै आठ हजारदेखि दुई लाख रूपैयाँसम्म कमाइ गर्छिन् ।

कुनै समय आफैं सारी लगाउन मन नगर्ने डलीले बलिउड सुपरस्टार दिवंगत श्रीदेवीको आग्रहमा सारी लगाउने कामलाई आफ्नो ‘प्रोफेसन’ बनाइन् । आज उनी बलिउडका सबै अभिनेत्रीको रोजाइमा पर्छिन् ।

Six yards of magic: Meet drape artist Dolly Jain, and her ...

उनी हिजोआज एउटा सारी लगाइदिएबापत आठ हजारदेखि दुई लाख रूपैयाँसम्म लिने गर्छिन् ।

डलीको क्लाइन्ट सूचीमा दीपिका पादुकोणदेखि आलिया भट्टसम्म छन् । अम्बानीको घरमा हुने विवाह समारोहमा फिल्म स्टारदेखि दुलहीलाई सारी लगाइदिने जिम्म डलीकै हुन्छ ।

उनी आफूलाई तीन सय २५ तरिकाले सारी लगाउन आउने बताउँछिन् । उनले यसमा विश्व किर्तिमानी पनि कायम गरेकी छिन् ।