NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं ।  ‘हैट’ उपनामले  चिनिने कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । उनी मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिएका हुन् । भक्तपुरस्थित एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह राखिएको थियो ।

तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीको उपस्थित रहेको थियो । तामाङले मागी विवाह गरेका हुन् ।