NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कार्यकर्तालाई ओलीको निर्देशन : पार्टीविरुद्ध प्रहार हुँदैछ, अरिंगाल बनेर ध्वस्त पार्नू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध विभिन्न सञ्चारमाध्य र सामाजिक सञ्जालमा पार्टीविरुद्ध प्रहार भइरहेको भन्दै अरिंगाल बनेर ध्वस्त पार्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेविरुद्ध भइरहेको आक्रमणको युवाहरूले सशक्त प्रतिवाद नगरेको भन्दै गुनासो गरे ।

‘कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु । तर न सेना बन्यो न सर्कल बन्यो । अस्ति भर्खर पार्टीका एकजना नेताविरुद्ध धुमधामको आक्रमण भयो । तर, कोही बोल्दै बोलेन । मानिलिऊँ उ एक्लै छ जस्तो परिस्थिति सिर्जना भयो । कतिपय त आफ्नै साथीहरू पनि विपक्षीको भड्काउमा लागे’, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अभिव्यक्ति दिएपछि आलोचित भएका महेश बस्नेतप्रति लक्षित गर्दै उनले भने ।

सो अवसरमा ओलीले विगतमा आफूले पार्टीका युवालाई अरिंगल भएर जाइलाग्न दिएको निर्देशन पनि सम्झिए ।

साथै, उनले आफ्नो जुंगा कालो कालो हुन थाल्या छ भन्दा धेरै मानिस डराएर त्यसका पछि कुदेको पनि आरोप लगाए ।