NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाकिस्तानमा गोली हानाहान

तीन आतङ्ककारी मारिए

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा तीन जना आतङ्ककारी मारिएको प्रहरीको काउन्टर-टेरोरिज्म विभागले शुक्रबार जनाएको छ।

आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए ।

अन्य फरार आतङ्ककारीहरूलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद, विस्फोटक पदार्थ, ह्यान्ड ग्रेनेड र असल्ट राइफसमेत बरामद गरिएको छ।