NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बानेश्वरमा आज किन भेला हुँदैछन् शेखर पक्षका नेता–कार्यकर्ता ?

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज छुट्टै भेला गर्ने भएको छ । यो समूहको नेतृत्व गर्दै आइरहेका शेखर कोइरालाले शनिबार राजधानीमा आफूपक्षीय नेताहरूको अलग्गै भेला डाकेका हुन् ।

सो समूहका एक नेताले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको एकलौटी कार्यशैलीमाथि खबरदारी गर्न भेला आयोजना गरिएको बताए । पार्टीको जिम्मेवारी बाँडफाँटमा संस्थापनइतरलाई कर्नर पार्दै आइरहेका देउवाले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा पनि उस्तै रवैया देखाउन सक्ने त्रास शेखर पक्षमा छ । उसले दुवै तहको निर्वाचनमा आफूपक्षीय कम्तीमा ४० प्रतिशत नेतालाई टिकट दिनुपर्ने माग राख्दै आइरहेको छ । त्यसो त गठबन्धनमा प्रत्यक्षतर्फको सिट बाँडफाँटमा पनि यो समूहले फरक मत दर्ज गर्दै आइरहेको छ ।

भेला शनिबार दिउँसो २ बजे थापागाउँस्थित बानेश्वर बैंक्युटमा तय गरिएको छ । बैठक शेखरसहित संस्थापनइतरका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।