NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यसको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँ कायम थियो ।

त्यस्तै, आज तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा र चाँदी ११ सय ७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको थियो। गत कारोबारको तुलनामा आज चाँदी ३० रुपैयाँले घटेको हो ।