NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अर्जेन्टिना झण्डै साढे तीन वर्षसम्म अपराजित, कहिले पराजित भएको थियो अन्तिमपटक ?

काठमाडौं । अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले आफ्नो अपराजित यात्रा ३४ खेलसम्म पुर्याएको छ ।

अमेरिकामा शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा होण्डुरसमाथि ३–० को सहज जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अपराजित यात्रा लम्ब्याउँदै गएको छ । होन्डुरसविरुद्ध जित निकाल्दा कप्तान लियोनल मेसीले दुई र लाउटारो मार्टिनजेले एक गोल गरे ।

अर्जेन्टिनाले यसअघि सन् १९९१ देखि ९३ सम्ममा बनेको आफ्नै ३१ खेलको अपराजित यात्रा गत जेठमा इटालीलाई ३–० ले हराउँदै तोडेको थियो । त्यसयता पनि दुई खेल जित्दै अर्जेन्टिनाले ३४ खेलसम्म अपराजित रहने टोली बनेको छ ।

ग्राबियल बाटिस्टुटाको प्रेरणामा रहेको अर्जेन्टिनाले १९९१–९३ बीचमा कोपा अमेरिकाका दुईवटा उपाधि जितेको थियो ।

अहिले मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३२ खेल अपराजित यात्रा गर्ने क्रममा ०२१ मा ब्राजिललाई उसकै मैदानमा हराउँदै कोपा अमेरिकाको उपाधि जित्नुका साथै विश्वकपमा पनि सजिलै छनोट भइसकेको छ । साथै, इटालीलाई हराउँदै युरोप–दक्षिण अमेरिका कप पनि जितेको छ ।

मेसीप्रेरित अर्जेन्टिना ०१९ मा भएको कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले हारेयता अपराजित छ । सो खेल ०१९ को जुलाई २ मा भएको थियो । यसरी हेर्दा अर्जेन्टिना झण्डै साढे तीन वर्षसम्म अपराजित रहन सफल भएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल अपराजित रहने टोली इटाली हो । इटाली ३७ खेलसम्म अपराजित छ । अब अर्जेन्टिनाले चार खेल जिते वा बराबरी गरे यो कीर्तिमान भंग गर्नेछ । आगामी नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपको समूह चरणमै अर्जेन्टिनाले इटालीको कीर्तिमान भंग गर्ने सम्भावना छ ।

समूह चरणमा अर्जेन्टिनाले साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

जब इकार्डी मेसीका साथीकी श्रीमतीको प्रेममा परे : के पाए, के गुमाए ?

 

ताजा अपडेट

नेपालवाच विशेष