NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भदौमा २ खर्ब ७३ अर्बको आयात, २ खर्ब ४४ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आव २०७९/८० को दोस्रो महिना अर्थात भदौ महिनामा आयात उच्च मात्राले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा पहिलो महिना साउनको तुलनामा आयात ११ अर्बले बढेको छ ।

तथ्यांकअनुसार २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रूपैयाँको वस्तु आयात भएको छ । साउनमा  कुल १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत आव २०७८/७९ को सोही महिना (भदौ) को तुलानमा आयात १३ प्रतिशतले घटेको हो । गत आवको भदौमा कुल ३ खर्ब १४ करोड ५१ करोड ७१ लाख ९ हजार रूपैयाँको वस्तु आयात भएको थियो ।

२८ अर्बको निर्यात

चालु आवको भदौमा २८ अर्बभन्दा बढीको वस्तु निर्यात भएको छ । विभागको तथ्यांकअनुसार उक्त आवमा कुल २८ अर्ब २८ करोड ४ लाख ३७ हजार रूपैयाँको वस्तु निर्यात भएको छ ।

त्यस्तै गत आवकोको सोही महिनाको तुलानमा निर्यात ३४ प्रतिशतले घटेको छ । गत आवकोको सोही महिनामा नेपालबाट ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार  रूपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।

२ खर्ब ४४ अर्बको व्यापार घाटा

चालु आवको भदौमा व्यापार घाटा झन् बढेको छ । भदौमामा नेपालको विभिन्न मूलुकसँग व्यापारघाटा २ खर्ब

४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रूपैयाँ रहेको छ । जुन गत आवको सोही महिनाको तुलानमा ९.४५ प्रतिशतले कम हो । गत आवको सोही महिनामा नेपालको विभिन्न देशसँग व्यापारघाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रूपैयाँ थियो ।

६७ अर्बको राजश्व संकलन

विभागको तथ्यांकअनुसार भदौमा कुल २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रूपैयाँ बराबरको वस्तु आयात गर्दा ६७ अर्ब १६ करोड ८३ लाख २७ हजार रूपैयाँको राजश्व संकलन गरेको छ ।

भारतबाट सबैभन्दा बढी आयात

नेपालको सबैभन्दा ठूलो व्यापार १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट विदेश जाने वस्तुमासमेत सबैभन्दा ठूलो हिस्सा भारतकै छ ।

५० अर्ब ८८ करोड पेट्रोलियम पदार्थ आयात

भदौमा ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

त्यस्तै २४ अर्ब ३५ करोड रुपैयाँको फलाम र स्टील, १९ अर्ब ८ करोड रुपैयाँ बराबरको वनस्पति तेल र यससँग सम्बन्धी वस्तु, १८ अर्ब २३ करोडको विद्युतीय सामग्री,१० अर्ब १७ करोड  औषधिजन्य वस्तु बराबरको आयात भएको छ ।