NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कांग्रेसको शेखर पक्षले आफ्नै केन्द्रीय कार्यालयमा किन धर्ना दिंदैछ ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची बनाउँदा संस्थापन पक्षले मनोमानी गरेको भन्दै विरोधमा डा. शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएको छ ।

शेखर समूहको बैठकले असोज १२ गते १२ बजे केन्द्रीय कार्यालयमा धर्ना दिएर सभापति शेरबहादुर देउवालाई समानुपातिक सूची सच्याउन दबाब दिन लागेको हो । धर्ना १ घण्टासम्म दिने नेता जगदीश्वर नरसिंह केसीले दिए । शीर्ष नेताहरू नबसी दोस्रो तहका नेताको भेलाले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने निर्णय लिएको हो ।

आफूहरूको माग अनुसार असमान बन्द सूची नसच्चिए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि शेखर पक्षले दिएको छ । यसरी सच्याउने समय उनीहरूले १४ गतेसम्मको दिएका छन् ।

गत शनिबार शेखर पक्षले बैठक राखी समानुपातिकतर्फ ११० जनामा आफूहरूको १४ जना मात्रै सदस्य पारिएको भन्दै विरोध गरेका थिए । तर शेखर समूहले ४० प्रतिशत भागबण्डा मागेको थियो ।

शेखर समूहले धर्ना दिएको भोलिपल्ट १३ असोजमा आफ्नो पक्षका शीर्ष नेताको बैठक पनि डाकेको छ ।