एनसिसी र कुमारी बैंकबीच मर्जरमा जाने सम्झौता
काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन् । सोमबार मेरियट होटलमा दुई बैंकबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा एनसीसी बैंकका मर्जर कमिटीमा संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन्।
दुई बैंकबीच विगत केहि समयदेखि मर्जरको लागि कुरा चल्दै आएको थियो । सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौता भएको हो।
हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ। दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।
ताजा अपडेट
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
आजको मौसम : पहाडमा वर्षा, तराईमा हुरी
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
प्रतिक्रिया