NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रवीन्द्र मिश्रलाई पार्टीमा भित्राउने राप्रपाको निर्णय

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहलाई पार्टीमा भित्राउने निर्णय गरेको छ ।

सो पार्टीको सोमबार बसेको कार्यसम्पादन समिति बैठकले मिश्रसहित विवेकशीलका नेतालाई पार्टीमा भित्राउने निर्णय गरेको हो । राप्रपा स्रोतका अनुसार, मंगलबार मिश्र समूहसँग सम्झौता गर्नु तयारी छ ।

नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै बिबिसी नेपाली सेवाबाट अलग भएर विवेकशील साझा पार्टी निर्माण गरेका मिश्र अहिलेको व्यवस्थाले राष्ट्रियता कमजोर हुने भन्दै राजसंस्थाको पक्षमा खुलेपछि उनको दलभित्र विग्रह आएको थियो । छिन्नभिन्न स्थितिमै वैशाख ३० को स्थानीय तह निर्वाचनमा सहभागी विवेकशील साझाले लज्जास्पद हार बेहोरेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएर राप्रपा प्रवेशका लागि संवाद अघि बढाउँदै आएका छन् । मिश्रले राप्रपासँग सह–अध्यक्षको वरीयता मागेको बताइन्छ । तर त्यसमा पार्टीका अन्य नेता सहमत नभएपछि वरिष्ठ उपाध्यक्ष बनाउने गरी पार्टी भित्राउने तयारी गरिएको स्रोतको दाबी छ ।