NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कार्कीलाई अवकाशपछि पनि पूर्वप्रधानन्यायाधीश सरहकै सुविधा

काठमाडौं । सरकारले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई अवकाशपछि पनि पूर्वप्रधानन्यायाधीश सरहकै सुविधा दिने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ६ महिनाभन्दा बढी अवधि कामू प्रधानन्यायाधीश भएका न्यायाधीशलाई गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको हो एक मन्त्रीले बताए ।

कार्की १ फागुन २०७८ मा कामू प्रधानन्यायाधीश भएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव आएपछि उनलाई कामू प्रधानन्यायाधीश बनताइएको थियो ।

कार्कीले ६५ वर्षे उमेर हदका कारण १६ असोजमा अवकाश पाउँदैछन् ।