NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बंगलादेशविरुद्ध नेपालको सहज जित

काठमाडौं । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा सहज जित निकालेको छ ।

काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३– १ गोल अन्तरको सहज जित दर्ता गराएको हो ।

नेपालले मध्यान्तरअघि नै ३ गोलको अग्रता लिएको थियो ।

नेपालका लागि ३ वटै गोल अञ्जन विष्टले गरेका हुन् ।

उनले १८, २७ र ३८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

तर, दोस्रो हाफमा नेपालले १ गोल खान पुगेको थियो ।

सजाद हुसेनले ५५ औँ मिनेटमा गोल फर्काएका हुन् ।

अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् ।

यता, कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले पनि पहिलो खेलमा नै जित दर्ता गराएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि झण्डै दुई महिनाअघि हुमागाईँ प्रशिक्षक नियुक्त भएका हुन् ।