NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मनास्लुमा बेपत्ता अमेरिकी हिमाल आरोही मृत फेला

काठमाडौं । मनास्लु हिमालमा स्की गर्न गएकी चर्चित अमेरिकी आरोही हिलारी नेल्सन मृत फेला परेकी छिन् ।

उनी सोमबारमात्रै आफ्ना साथीसँगै मनास्लुको चुचुरोमा पुगेकी थिइन् । सोही दिन पहिरो आएपछि त्यहाँबाट स्की गरेर फर्किने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

हिलारीसँगै स्की गर्न गएका जिम मरिसन भने सकुशल फर्किएका थिए ।

उनी आज दुई हजार फिट गहिरो खोंचमा फेला परेकी हुन् । सोमबारको हिमपहिरोमा परि अर्का आरोही अनुप राईको पनि मृत्यु भएको थियो । त्यस्तै ९ जनालाई उद्धार गरिएको थियो ।

उनी सांग्रिला नेपाल ट्रेकिङ मार्फत मनास्लु आरोहणमा गएकी हुन् । विगत दुई दशकदेखि हिमाल आरोहणमा संलग्न हिलारीले हालसम्म ४० हिमाल आरोहण गरिसकेकी थिइन् ।