NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी देशमा निर्यात हुन्छ नेपालको मह

काठमाडाैं । नेपालको मह विश्वका विभिन्न देशमा निर्यात हुँदै आएको छ । ठूलो परिमाणमा निर्यात नभएपनि नेपालको मह विदेशी भूमिमा पुग्नु भनेको नेपालको लागि गौरवको विषय हो भने यसले नेपालको अर्थतन्त्रलाई सुधार गर्नमा पनि ठूलो भूमिका खेलेको छ ।

नेपाली मह अस्ट्रेलिया, जापान, अमेरिका, भारतसहित विश्वका एक दर्जन देशमा निर्यात हुने गरेको पाइएको छ ।

चालु आव २०७८/७९ को दुई महिनाको तथ्यांकअनुसार नेपालबाट ५० लाखको मह निर्यात भएको छ । तथ्यांकअनुसार साउन र भदौमा ५० लाख ८ हजार रुपैयाँको एक हजार ९२८ केजी मह निर्यात भएको छ ।

विभागकाअनुसार सबैभन्दा धेरै र अस्ट्रेलियामा ३३ लाख ७५ हजार ३३२ केजी मह निर्यात भएको छ । त्यस्तै ११ लाख १९ हजार रुपैयाँको २९७ केजी अमेरिकामा र ५ लाख १४ हजार रुपैयाँको एक हजार २९९ केजी जापानमा निर्यात भएको छ ।

३ करोड ४१ लाखको मह आयात

चालु आवकाे दुई महिनाको अवधिमा नेपालमा ३ करोड ४१ लाख ८१ हजार रुपैयाँको एक लाख २० हजार ५३१ केजी मह आयात भएको छ । सो मूल्य बराबरको मह आयात गर्दा सरकारले ८६ लाख ९७ हजार रुपैयाँको राजश्व संकलन गरेको छ ।

नेपालमा भुटान, भारत, अस्ट्रेलिया, बुल्गेरियालगायतका देशबाट मह आयात हुँदै आएको छ ।