NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मन्दिरभित्र प्रवेश गर्दा दलितमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । बाजुरामा एक मन्दिरमा दलित पसेको भन्दै कुटपिट भएको छ । कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा हालै यो घटना भएको हो । मन्दिर प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

वडाध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

वडाध्यक्ष अयडीसहित रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरी नगद ६० हजार नगद रुपैयाँसमेत लुटेको भन्दै पीडित सुनारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मन्दिरमा पूजा गरिरहेको बेला कुटपिट भएका उनको आँखा, ढाड र छातिमा चोट लागेको छ ।

वडाध्यक्ष अयडीलाई पक्राउ गरिए पनि पाध्याय र विनोद फरार रहेको उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।