NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उम्मेदवारी मनोनयन दर्तापछि प्रचण्डले किन भेटे गठबन्धनका शीर्ष नेताहरू ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विहानैदेखि चुनाव लक्षित छलफल सुरू गरेका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दायाँ–बायाँ राखेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवार मनोनयन दर्ता गराएका प्रचण्डले बिहान माओवादी गोरखा र स्थानीय जनप्रतिनिधिबाट छलफल प्रारम्भ गरेका हुन् । त्यसपछि उनले गठबन्धन दलका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा प्रचण्डले त्यहाँको बस्तुगत अवस्था, चुनावी रणनीति लगायत विषयमा प्रचण्डले चासो राखेको माओवादी गण्डकीका इन्चार्ज हितराज पाण्डेले जानकारी दिए ।

छलफलमा प्रतिनिधि सभातर्फ गोरखा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं, प्रदेश सभातर्फ उम्मेदवारसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने सहभागी रहेका थिए ।

त्यस्तै माओवादीबाट प्रदेश सभा उम्मेदवार कृष्ण धिताल र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालगायत पनि छलफलमा सहभागी रहेको थिए । सबैसँग सामुहिक भेटघाट गरी उनी अहिले काठमाडौं फर्किएका छन् । यसअघि गृह जिल्ला चितवन ३ बाट उम्मेदवारी दिने घाेषणा गरेका प्रचण्डले अन्तिम समयमा गाेरखा २ राेजेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष