NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अदालत उपस्थित भएका सन्दीपकाे हातमा छैन हतकडी !

काठमाडौं । नेपाल प्रहरीले बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको कतकडी खोलेको छ ।

उनलाई काठमाडौं जिल्ला अदालतमा पाँच दिनको म्याद थपका लागि उपस्थित गराउने क्रममा प्रहरीले हतकडी खोलेको हो ।

सन्दीपलाई बिहीबार हतकडीविनै अदालतमा उपस्थित गराइएको छ।

यसअघि गत असोज २० मा आफूमाथिको आरोपलाई सहयोग गर्न भन्दै विदेशबाट आफैँ आएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलमै हतकडी लगाइएको थियो ।

सन्दीपलाई जस्तै बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा र इट्टभट्टीमा कार्यकर्तालाई जिउँदै जलाएका कांग्रेस नेता अफताब आलमलाई पनि प्रहरीले हतकडी लगाएको थिएन । तर, आत्मसमर्पण गरेका सन्दीपलाई हतकडी लगाइएकोमा व्यापक विरोध भएको थियो ।

सन्दीपलाई नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् ।

सन्दीपलाई अझै पाँच दिन हिरासतमा राखिने