NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बिर्सने बानी छ ? तेजिलो दिमागको लागि खानपानमा समावेश गराैँ यी चीज

काठमाडाैं । धेरैजनाको छिनछिनमा विर्सने बानी हुन्छ । अझ उमेर बढ्दै जाँदा विर्सने बानी समस्या झन् बढ्दै जान्छ ।

आजको समयमा बिर्सने बानी झन् बढ्दै गएको अध्ययनले देखाएको छ । धेरैजसो मानिस बिर्सने बानीबाट हैरान खेपिरहेका छन् ।

बिर्सने बानीलाई कम गर्नको लागि मूख्य रूपिमा खानपानमा ध्यान दिन सकेमा मात्र धेरै हदसम्म यो बानीबाट छुटकारा पाउन सकिन्छ । यस्तो अवस्थामा चिन्ता लिनुभन्दा आफ्नो आहारमा केही खानेकुराहरू समावेश गरेर स्मरणशक्ति बढाउन सकिन्छ ।

तर आजकल धेरै मानिसहरु स्मरणशक्ति तेजिलो बनाउनको लागी धेरै औषधीहरुको सेवन गर्ने गर्दछन्, जुन स्वास्थ्यको लागि हानिकारक हुनसक्छ ।

स्मरणशक्ति कमजोर हुँदा अथवा विर्सने बानीलाई कम गर्न के के खानेकुराको सेवन गर्नुपर्छ भन्नेबारे जानौं :

बदाम

बदाम स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । बदाममा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । साथै, बदाममा भिटामिन बी६, भिटामिन ई जस्ता तत्व पाइन्छ जसले हाम्रो स्मरणशक्ति बढाउन मद्दत गर्छ । अर्कोतर्फ, बदाममा प्रशस्त मात्रामा फाइबर र प्रोटिन हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ र भोकलाई नियन्त्रण गर्छ । बदाम खाँदा पनि मोटोपना बढ्दैन  ।

ओखर

ओखरले मस्तिष्कको लागि सुपरफुडको रूपमा काम गर्छ। ओखरमा पाइने अल्फा लिनोलेनिक एसिड नामक ओमेगा–३ एसिडले स्मरणशक्ति बढाउन काम गर्छ ।

काजू

काजू खाँदा स्मरणशक्ति पनि बढ्छ । काजूमा प्रोटिन, भिटामिन सी जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले पाचन प्रणाली पनि मजबुत हुन्छ भने अर्कोतर्फ दैनिक काजू खाँदा स्मरणशक्ति तेज हुन्छ ।