NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिटिजन्स बैंकको कार्तिक ४ गते साधारणसभा हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । सिटिजन्स बैंकले कार्तिक ४ गते  १६औँ साधारणसभा गर्ने भएको छ । बैंकको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकअनुसार साधारणसभा बिहान ११ बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुने छ ।

बैंकले तरलता अभावकै बीचमा साधारणसभा गर्न लागेको हो । वाणिज्य बैंकहरूमा साधारणसभा आह्वान गर्नेमा सिटिजन बैंक पहिलो बैंक बनेको छ । सिटिजन्सपछि कुमारी बैंकले पनि कार्तिक २१ गते २२औं वार्षिक साधारण सभा आयोजना गर्दै छ ।

आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । तर वाणिज्य बैंकहरूले विविध कारणले गर्दा साधारणसभा गर्न नसकेको बताउँदै आएका छन् ।

वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत, रिक्त संचालक समिति सदस्यको नियुक्ति गर्न साधारणसभाले निर्णय गरेको हुनुपर्छ । त्यस्तै कम्पनीको पुँजी वृद्धि गर्ने, मर्ज वा एक्वीजिसनको अन्तिम निर्णय पनि साधारणसभामार्फत गर्नुपर्छ ।

बैंकका अनुसार सभावमा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छ । सभामा ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने कार्यक्रम छ ।

यस्ता छन् बैंकका एजेण्डाहरू :

साधारण प्रस्तावहरु

१. आव २०७८/७९ को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नै ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकिकृत बासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रबाह विवरण लगायतका बित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३. सञ्चालक सभितिबाट प्रस्ताव गरै अनुसार ९ प्रतिशतका दरले हुन आउने १,२७,८०,५७,६६०.९१ बराबरको नगद लाभाश (लाभांश कर समैत) बितरण गर्न स्वीकृत गर्ने ।

४. बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१रड० र दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आव २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्तावहरु

१. सिटिजन्स बैंक इन्टरनेसनल लिभिटेड र अन्य उपयुक्त बैक तथा बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति एक्वीजिसन) गर्ने तथा वैदेशिक रणनीतिक साझैदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायीत्व तथा कारोबारको मुल्यांकन गर्ने, राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने वा गाभिने वा प्राप्ती गर्नै सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकिया पुरा गर्ने आवश्यक पर्नै सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

२. बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।

(क) साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७४८,९३ (संस्थापक शेयरघनीहरुले धारण गरेको जम्मा शेयर : साधारण शैयरघतीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने ।

३. बैकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट आउने निर्देशन बमोजिम थपघट लागायत आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

विविध

सिटिजन्स बैंक १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।