NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मेगा बैंक र  निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सुरक्षण गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । मेगा बैंक र कर्जा सुरक्षण कोष बीच कर्जा सुरक्षण गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र मेगा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रबीना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात मेगा बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । तीन करोडसम्मको कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा भने बैंकले त्यस्तो कर्जा प्रवाह गर्नुपूर्व कोषको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र बैंकले कोषमा बुझाउनेछ ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्नेछ ।