NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

किन मनाइन्छ तिहार ? पौराणिक कथामा लुकेको तिहारको रहस्य यस्तो छ

काठमाडाैं । नेपालीहरुको घर आंगनमा तिहारको रौणकता छाइसकेको छ । आज तिहारको तेस्रो दिन लक्ष्मी र कुकुर पुजा गरी घरघरमा तिहार मनाइरहेका छन् । हरेक साल तिहार कार्तिक महिनामा मनाउने गरिन्छ ।

गाउँघर र शहरबजारमा तिहार फरक-फरक तरिकाले मनाउने गरिन्छ । तिहारमा अरु पर्वहरुमा भन्दा बढी गाउँबजार, झिलीमिली, फुलमाला र बत्तीले सजिने भएकाले तिहारलाई विशेष पर्वको रुपमा लिइन्छ । तिहारमा लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरिन्छ । तिहारमा लक्ष्मीको पूजा गर्नेलाई वर्षभरी सुख, समृद्धि मिल्ने विश्वास गरिन्छ । तिहार, खुसी, रौनक, सररफाई, रंगोली तथा दियोबत्तीको, झिलीमिलीको चाड हो । तर के हामीलाई थाहा छ ? किन हामी तिहार यति धेरै झिलीमिली र सजावटका साथ मनाउँछौँ ?

धेरैलाई तिहार किन मनाइन्छ भन्ने बारेमा थाहा नहुन सक्छ । तिहार मनाउनुको पछाडिको कारण पौराणिक कथाबाट हेरौँ :

१४ वर्षको वनवासपछि राम घरफिर्ता

रामायणमा लेखिएअनुसार भगवान राम लंकाका राजा रावाणलाई मारेर पत्नी सीता र भाइ लक्ष्यमणका साथ अयोध्या फर्के । त्यसबेला सम्पूर्ण अयोध्या नगरी बत्तीले झिलीमिली पारिएको थियो । १४ वर्षको वनवास सकेर भगवान राम अयोध्या फर्किदा उनको आगमनको खुशीले त्यहाँ दिपावली मनाएको थियो । त्यसबेलादेखि यो चाड अन्धारमाथि विजयको पर्व बनेको छ र हरेक वर्ष मनाउने गरिन्छ ।

श्रीकृष्णद्वारा नरकाशुरको वध

भगवान् श्रीकृष्णले आफ्नो पत्नी सत्यभामाको सहयोगमा राक्षस राजा नरकाशुरको वध गरेका थिए । नरकाशुरलाई स्त्रीको हातबाट मात्रै मर्ने श्राप थियो । त्यसैले भगवान् श्रीकृष्णले नरकाशुरलाई मार्नको लागि आफ्नो पत्नीको सहयोग लिएका थिए । नरकाशुरलाई वध गरेको दिन कार्तिक महिनाको कृष्णपक्षको चर्तुदर्शी तिथि थियो । नरकाशुरको अत्याचार र अन्याबाट मुक्ति पाएपछि मानिसहरु खुशी भएर दीपोत्सव मनाए । त्यसदिनयता यो चाड मनाउन थालिएको हो ।

पाण्डवहरुको घरफिर्ता

तिहारमा पाण्डवहरुको घर फर्किने कथा पनि छ । पाण्डवहरु वनवासबाट फिर्ता हुने कुरा भएपछि सारै राज्यमा खुशीयाली छायो र उनीहरु स्वदेश फर्किए र त्यही खुशीयालीमा सारा शहरमा उज्यालो भयो र त्यसदिनदेखि तिहार मनाउन थालियो ।

लक्ष्मीको अवतार

तिहारमा सम्बन्धित अर्को कथा के छ भने समुन्द्र मन्थनको बेला लक्ष्मी माताले ब्रमाण्डमा अवतार ग्रहण गरेकी थिइन् । तिहार मनाउनुको एक कारण यो पनि हो । लक्ष्मी मातालाई धन र समृद्धिको देवी भनेर मानिन्छ । यसकारण हरेक घरमा दिप प्रज्वलनसहित लक्ष्मीमो पूजा गरिन्छ ।

मुगल बादशाह जहाँगीर

मुगल बादशाह जहाँगीरले छैटौँ शिख गुरु गोविन्द सिंहसहित ५२ जना राजाहरुलाई ग्वालिएर किल्लामा कैद गरे । जब गुरु कैदबाट मुत हुन थाले उनले आफूसँग कैदमा राखिएका राजाहरुलाई पनि कैदबाट रिहा गर्न माग राखे । गुरु गोविन्द सिंहको आदेशमा राजाहरुलाई कैदबाट मुक्त गरिएको थियो । त्यसैले शिख समुदायका मानिसहरुले पनि तिहार मनाउँछन् ।

अन्तिम हिन्दु सम्राटको विजय

अन्तिम हिन्दु सम्राट राजा विक्रमादित्यको कथा पनि तिहारसँग जोडिएको छ । राजा विक्रम प्राचिन भारतको शक्तिशाली राजा थिए । उनी आदर्श राजा थिए । साथै उनी निकै उदार, साहसी र दयालु राजा थिए । यही कार्तिक अमावस्याको दिन उनको राज्याभिषेक भएको थियो । राजा विक्रमादित्य मुगुलहरुलाई पराजित गर्ने अन्तिम सम्राट थिए ।

माँ कालीका रौद्र रुप

तिहारसँग जोडएको अर्को कथा माता पार्वतीले राक्षसलाई मार्न महाकालीको रुप धारण गरेकी थिईन् । त्यसपछि उनको रिस शान्त भएन । महाकालीको क्रोध शान्त पार्न भगवान शिव आर्फ उनको पाउमा परेका थिए । शिवको स्पर्शले उनको क्रोध शान्त भयो । यसैको सम्झनामा उनको शान्त स्वरुप लक्ष्मको पूजा गरियो । उही रातामा कालीको उग्र रुपको पूजा पनि गरिन्छ ।