NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिवल हुँदै

काठमाडौं । काठमाडौँस्थित कीर्तिपुरमा ‘विच लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिवल हुने भएको छ । उक्त फेस्टिवल यहि कार्तिक २६ देखि सुरु हुने भएको हो ।

आयोजक ‘विच लोकल नेपाल’ का निकेस महर्जनका अनुसार सिम क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुरको सिम क्षेत्रमा फेस्टिवल आयोजना गर्न लागिएको हो ।

कीर्तिपुरको सिम क्षेत्रमा पहिलोपटक म्युजिक फेस्टिवल हुन लागेको महर्जनले बताए । म्युजिक फेस्टिवल हेर्न प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तय गरिएको छ ।

कीर्तिपुर ४ मा सुरु हुन लागेको यो फेस्टिवलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब र नाइट एण्ड मेनी मोरको प्रस्तुति रहने जनाइएको छ ।