NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

साउदीमा नेपालीलाई मृत्युदण्ड

काठमाडौं । मृत्यदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ ।

साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाइ परिवारको सहमतिबिनै दफन गरिदिएको छ ।

मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो ।

रियादस्थित नेपाली दूतावासका अनुसार जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले कात्तिक ६ गते बसाहा–७, बैंकडाँडा उदयपुरका दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।

साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए ।

‘यो हाम्रा लागि निकै दुर्भाग्यपूर्ण हो । माफी पाइन्छ भन्नेमा ढुक्क थियौं तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबरले आश्चर्यचकित बनाइदियो,’ उनले भने ।