NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एउटै मितिमा भिड्दै ‘छक्का पञ्जा ४’ र ‘छड्के २’

काठमाडौं । यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ ।

यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ : द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स अफिसमा सफल भइसकेका छन् । यिनीहरूले नेपालकै हलबाट आफ्नो लगानी सुरक्षित गरेका हुन् ।

प्रदर्शनरत फिल्म ‘महापुरूष’ ले प्रदर्शनको चौथो दिनमै चार करोड ग्रस कलेक्सन गरिसकेको प्रतिक्रिया मिडियामा दिएका थिएँ ।‘अघिल्ला फिल्मको व्यापारले आउने समय सुखद रहेको सङ्केत गर्छ । किनकी दर्शकलाई फिल्म राम्रो लाग्दासम्म हल आउने गरेका छन् । प्रदर्शनरत महापुरूष हेर्नेले राम्रो भनेका छन् । फागुनदेखि चैतसम्म अझै पाँच फिल्म सफल हुने अनुमान छ’, वितरक करण श्रेष्ठले भने ।

दर्शकको भीडभाड बढेसँगै सकारात्मक प्रतिक्रिया आउँदा यसले दीर्घकालीन रुपमा व्यापार मद्दत गर्ने उनको बुझाइ छ । कोरोना भाइरसको महामारी अगाडि २०७६ सालमा फागुनसम्ममा छ फिल्म मात्र घरेलु व्यापारबाट लगानी सुरक्षित गरेर मुनाफा कमाउन सफल भएका थिए ।

यद्यपि यस वर्ष एउटै मितिमा आश गरिएका फिल्म घोषणा भइरहेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, विश्वकप फुटबल र जाडोका कारण मङ्सिर तथा पुसमा धेरै फिल्म घोषणा गरिएका छैनन् । माघमा पनि विदेशी ठूला फिल्म भएका कारण फागुन र चैतमा आठ हप्तामा २० भन्दा बढी फिल्म रिलिज हुँदैछन् ।

फागुन ५ मा फूलबारी, लण्डन टू पेरिस र परदेशी-२ ले प्रदर्शन घोषणा गरिसकेका छन् । यी तीनै आश गरिएका फिल्म हुन् । फागुन १९ मा छक्का पञ्जा ४, छड्के २, बुलाकी, परस्त्री र बर एण्ड बधूले प्रदर्शन घोषणा गरेका छन् ।

यस्तै आउँदो वर्षको वैशाख १ मा भगवत् गीताले प्रदर्शन घोषणा गरेकाे छ । बिदालाई लक्षित गर्दा एकै डेटमा फिल्म धेरै प्रदर्शन भइरहेको निर्देशक घनश्याम लामिछानेले बताए ।

‘यहाँ ब्यानरले आफ्नो मर्जीमा प्रदर्शन घोषणा गर्नुहुन्छ । त्यसको असर नयाँलाई पर्छ । यद्दपि फिल्म मिलाएर नचले घाटा सबैलाई हुन्छ’, निर्देशक लामिछानेले भने, ‘यहाँ ठूलो प्रतिस्पर्धा त आफ्नैसँग हुन्छ । यस्ता विषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।’

नेपाली दुईवटासम्म फिल्म हलले धान्ने नेपाल चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदयले बताए । ‘ठूला ब्यानरको फिल्म एकै समयमा आउँदा दुवैलाई घाटा हुन्छ । त्यस्ता फिल्म एक महिनाको अन्तरालमा आउँदा राम्रो’, पूर्वअध्यक्ष उदयले भने। विशेषत फागुन १९ मा छक्का पञ्जा ४ र छड्के २ ले प्रदर्शन घोषणा गर्दा दर्शकसँगै फिल्मकर्मीसमेत चकित छन् ।