NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जुम्लाका किसानले लगाए पाकेको मार्सी धानमा आगो !

काठमाडौं । पाकेको मार्सी धानमा जुम्लाका किसानले आगो लगाएका छन् । धानमा ब्लास्ट नामको रोग लागेपछि त्यहाँस्थित तातोपानी गाउँपालिका–४, गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका हुन् ।

ब्लास्ट रोगले धान सखापत भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताए ।

धान भित्राउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए ।

गत वर्षहरूमा १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लास्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भएको स्थानीयहरू बताउँछन् । बाँकी सबै मार्सी धान सखाप भउपछि आगो लगाउन बाध्य भएको स्थानीय खगेन्द्र खत्रीको भनाइ छ ।

धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको यहाँका किसानको गुनासो छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।