NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

इन्टरमाथि युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इन्टर मिलानलाई हराएको छ ।

आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले २–० को गोल अन्तरमा जित निकालेको हो ।

युभेन्ट्सको जितमा एड्रियन राबिओट र निकोलो फागीओलीले समान एक/एक गोल गरे । एड्रियनले ५२ औं मिनेटमा र निकोलोले ८४ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै युभेन्ट्सले १३ खेलमा २५ अंक बटुले पाँचौं स्थानमा रहन सफल भएको छ । इन्टर २४ अंक जोडेर सातौं स्थानमा छ ।