NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

छालाका लागि फलफूल तथा हरियो सागपात

काठमाडौं । सुन्दर र आर्कषण देखिन हरेकलाई मन हुन्छ । यसको लागि सबै हर प्रयास गर्छन् । खानपिनमा ध्यान दिनेदेखि पार्लर जानेसम्म समय निकाल्छन् ।

आजभोली महिला तथा पुरुष दुवै यस प्रति सजह हुन्छन् । सुन्दरताका लागि छालामा मेकअप भन्दा पनि स्वस्थ्य खानपान महत्वपूर्ण छ । खानपान र जिवनशैलीले मात्र स्वास्थ्य सँगै छाला सुन्दर हुन्छ । यसका लागि तर उल्लेखित फलफूल तथा सागपात खान सकिन्छ :

गाजर
गाजरमा भिटामिन ए तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसले शरीरकोे छालालाई दुरुस्त राख्छ र बुढौलीपनबाट बचाउँछ ।

चुकन्दर
यसमा भिटामिन ए, सी, म्याग्नेसियम, क्याल्सियम तथा अन्य खनिज पदार्थ प्रचुर हुने हुन्छ । जसले शरीरमा रगत बढाउँने कार्य गर्छ । यसको दैनिक सेवनले शरीर स्वस्थ हुन्छ ।

सखरखण्ड
यसमा भिडामिन ए हुन्छ । जसले अनुहारको चाउरीपना हटाउनुका साथै मिर्गौला, मुटु, आँखा आदि स्वस्थ राख्न मद्त गर्छ ।