NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । निर्वाचन मिति नजिकिँदै गर्दा केही दिनदेखि अखबारहरू पनि निर्वाचनमय बनेका छन् । अघिल्ला दिनहरूमा झैं आज पनि अखबारहरूले यही विषय समातेर  विभिन्न जोडकोणबाट समाचार तथा विश्लेषण पस्किएका छन् ।

नयाँ पत्रिका दैनिकले समानुपातिकका ११० सिटका लागि दलहरूले गरिरहेको तयारीबारे मुख्य समाचार बनाएको छ । समाचारअनुसार ठूला दल मत बढाउने अभियानमा छन् भने साना र नयाँ दलचाहिँ थ्रेसहोल्ड कटाएर समानुपातिक सिट हासिल गर्ने रणनीतिमा छन् ।

चुनावको मुखमा रोजगारीका लागि भारततर्फ लागेका मतदाताको कथा पनि नयाँ पत्रिकाले छापेको छ । भोट हालेर भोक नटर्ने भएकाले परिवार धान्न भारततर्फ हिँडेको उनीहरूको भनाइ छ ।

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको र गृह मन्त्रालयले पनि त्यहीअनुसार तयारी अघि बढाएको अर्को खबर पनि नयाँ पत्रिकामा छ ।

‘दुःख देख्न्या को छन् र भोट दिनु’ शीर्षकमा कान्तिपुरले बझाङका बाढीपीडितको व्यथा छापेको छ । बझाङको सप्तडछान्नाका १ हजार ७ सय परिवार बाढीबाट विस्थापित भए पनि उनीहरूको पुनस्र्थापनामा सरकारले बेवास्ता गरेको छ । घर न घाटको अवस्थामा पुगेका उनीहरू सरकारबाट कुनै सहयोग नपाएपछि ऋण काढ्दै भारत पलायन भएका छन् ।

भावी प्रधानमन्त्रीको हस्तक्षेपकारी तयारीमा कांग्रेस महामन्त्री गगनकुमार थापा लागेको समाचारलाई पनि कान्तिपुरले निकै प्राथमिकतापूर्वक पहिलो पृष्ठमा छापेको छ । भावी प्रधानमन्त्रीका रूपमा अघि बढेका थापाले आफ्नो पाँचवर्षे कार्ययोजनासमेत सार्वजनिक गरिसकेका छन् ।

अन्नपूर्णले पैसा बाँड्ने नेतासँग सावधान रहन मतदातालाई सुझाएको छ भने नागरिकमा विभिन्न निर्वाचन क्षेत्रको अंकगणित पढ्न पाइन्छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज